मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रम सम्पन्न

आइतबार, १७ असोज २०७८, १९ : ०१
आइतबार, १७ असोज २०७८

माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको कार्यक्रम भारतको राजधानी दिल्लीमा सम्पन्न भएको छ ।  दिल्लीस्थित ओखलामा भएको कार्यक्रममा विभिन्न पार्टी निकटका ३ दर्जन भन्दा बढी नेता कार्यकर्ता मञ्चमा प्रवेश गरेर माओवादी केन्द्रमा लागेको घोषणा गरे । 

उनीहरुले माओवादी केन्द्रको नेतृत्वमा देश विकास र सम्बृद्धि  सम्भव भएको दावी गर्दै आफूहरु प्रवेश गरेको सो क्रममा बताए । कार्यक्रममा नवप्रवेशीहरुलाई अध्यक्ष ईश्वरी भण्डारी,  मञ्चका सचिब आरबी खड्काले स्वागत गरेका थिए । 

 कार्यक्रममा  मञ्चकी सचिव उषा  थापा खड्का,  सह कोषाध्यक्ष , ज्ञान बहादुर केसी,   हरि अर्याल, केन्द्रीय सदस्यहरु मानु श्रेष्ठ , बेल बहादुर पुनले मन्तव्य राखेका थिए भने साँस्कृतिक प्रस्तुति पनि रहेको थियो । 

सो अवसरमा  मञ्चका सचिव खड्काले  सङ्गठनका नयाँ योजना   सहितको मन्तव्य राखे भने भण्डारीले राजनैतिक  तथा सांगठनिक रुपमा  प्रशिक्षणात्मक  मन्तव्य  राखेका थिए । 

 कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य नारायण बिक , कृष्ण पर्साइ , कृष्ण कुँवर , सूर्य राना , माधव बिष्ट, पुराना नेता  हुकुम सिंहलगायतको समेत सहभागिता रहेको थियो । 
यसैगरी नवप्रवेशी टिमको नेतृत्व गर्दै हुमाकान्त कुँवरले आफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप