शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनले छापापछि आई लेन्स कभरमा लुकाएका थिए ड्रग्स, कसैले सेनेटरी प्याडमा

सोमबार, १८ असोज २०७८, १२ : ४८
सोमबार, १८ असोज २०७८


समुद्रको बीचमा जारी क्रुज ड्रग्स पार्टीमा अभिनेता शाहरुख खानका छोरा आर्यन खानसमेत ८ जनाको गिरफ्तारीपछि केही  नयाँ तथ्य सार्वजनिक भएका छन् । क्रुजमा भएका एनसीबी टीमले छापाको घोषणा गर्नेबित्तिकै ड्रग्स पार्टी गरिरहेका आरोपीले ड्रग्सलाई यस्तो स्थानमा लुकाए जहाँ एनसीबीको समूहको आँखा पर्न मुश्किल थियो । कसैले ड्रग्सलाई लेन्सको डिब्बामा राखे त कतिले सेनेटरी प्याडको बीचमा लुकाए ।

एनसीबी स्रोतका अनुसार आर्यन खानको आई लेन्स कभरबाट ड्रग्स भेटिएको थियो । यसबाहेक पार्टीमा रहेकी मुनमुन धमिचाले सेनेटरी प्याडको बीचमा ड्रग्स लुकाएकी थिइन् । आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्टले जुत्ता भित्र ड्रग्स लुकाएको बताइन्छ । यसबाहेक यो मामिलामा पक्राउ अन्य ५ मध्ये दुई आरोपीले ड्रग्स फ्याँक्ने प्रयास पनि गरेका थिए । यद्यपि, एनसीबीका २२ सदस्यको समूहले सही समयमा उनीहरुलाई पक्राउ गरे । यी सबैलाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका चार धारा अन्तर्गत पक्राउ गरिएको छ ।

आरोपीले यसकारण क्रुजमा ड्रग्स पार्टी गर्ने निर्णय गरेः

आरोपीले जानीजानी यो क्रुजलाई आफ्नो ड्रग्स पार्टीका लागि छानेका थिए । वास्तवमा यो जहाज मुम्बईबाट गोवा जाने बेला केही समयका लागि अन्तर्राष्ट्रिय पानीमा पनि यात्रा गर्छ । यदि उनीहरु ड्रग्स सेवन गरेर अन्तर्राष्ट्रिय पानीमा पक्राउ परेपनि भारतीय कानून उनीहरुमाथि लागू नहुने आरोपीको मान्यता थियो । यद्यपि, एनसीबीका अधिकारीलाई यसबारे पहिल्यै थाहा थियो त्यसैले उनीहरु यात्री बनेर जहाजमा सवार भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप