बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

सोमबार, १८ असोज २०७८, १३ : ३९
सोमबार, १८ असोज २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।

उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका हुन् । ‘सकेसम्म आजै क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभएपनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ’, प्रचण्डको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप