
राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा नेपालका जयन्त अग्रवाल निर्वाचित

काठमाडौं । राउन्ड टेबल इन्टरनेशनलका लागि पहिलो पटक नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
अग्रवालले राउन्ड टेबल इन्टरनेशनलमा उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल अध्यक्षका रुपमा स्वतः शुरु गर्नेछन् ।
राउन्ड टेबल इन्टरनेशनललाई राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।
शिक्षा क्षेत्रमा सक्रिय यो संस्थाले अहिलेसम्म नेपालमा ३४८ कक्षा कोठा सहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रु एजुकेसन’ सञ्चालन गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ