बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमी ११ लाइट एनईले सबैभन्दा पातलो र हल्का फाइभजी स्मार्टफोन सार्वजनिक

सोमबार, १८ असोज २०७८, १८ : ५५
सोमबार, १८ असोज २०७८

काठमाडौं । शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेको छ । कम्पनीले ११ सिरिजलाई अझै विस्तार गर्ने योजना अनुरुप सबैभन्दा पातलो फोन सार्वजनिक गरेको हो । 

शाओमी ११ लाइट एनई फाइभजीले १२ फाइभजी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल फाइभजीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले प्रिमियम सेग्मेन्टमा यस बर्षको सुरुमा मी लाइटको सार्वजनिक गरेसँगै पहिलो पटक जीवनशैली उन्मुख स्मार्टफोन सार्वजनिक गरेको बताए ।  ‘शाओमी ११ लाइट एनई फाइभजी’ फाइभजी भेरियन्टमा सन् २०२१को सबैभन्दा पातलो र हल्का फाइभजी स्मार्टफोन भएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप