शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रधानन्यायाधीश तानिए विवादमा, देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा

ललिता निवास प्रकरण : कात्तिक १५ गते फैसला आउने
सोमबार, १८ असोज २०७८, २० : ४६
सोमबार, १८ असोज २०७८

आज २०७८ असोज १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारहरुमा काँग्रेस अधिवेशन देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा, प्रधानन्यायाधीश तानिए विवादमा, पूर्व युवराज पारस शाहको डेरामा चोरी, ललिता निवास प्रकरण : कात्तिक १५ गते फैसला सुनाउने, छड व्यवसायीबाट अर्थमन्त्रीलाई धोका, ९. स्वास्थ्य उपचारपछि माधवकुमार नेपाल डिस्चार्ज लगायत छन् । 

१. काँग्रेस अधिवेशन : देउवा र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा
नेपाली काँग्रेसको अधिवेशनमा संस्थापन (देउवा) पक्ष र इतर (पौडेल) पक्षबीच कडा टक्कर देखिएको छ । हिमाली २१ जिल्लामध्ये ८ वटा जिल्लाको अधिवेशन नतिजाअनुसार चार वटा जिल्लामा संस्थापन पक्षले नेतृत्व पाएको छ भने अन्य चार जिल्लामा इतर पक्षले नेतृत्व पाएको छ ।

३. पूर्व युवराज पारस शाहको डेरामा चोरी
पूर्व युवराज पारस शाहले पोखरा, लेकसाइडस्थित भाडामा लिएको घरमा चोरी भएको छ । पारसले बसोबासका लागि सो घर भाडामा लिएका हुन् । उक्त घरबाट विभिन्न सामान चोरी भएकोमा प्रहरीले ती सामानसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

४. ललिता निवास प्रकरण : कात्तिक १५ गते फैसला सुनाउने
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई विरुद्धको मुद्दामा आगामी कार्तिक १५ गते निर्णय सुनाउने भएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीले कार्तिक १५ मा निर्णय सुनाउने आदेश गरेका हुन् ।

५. छड व्यवसायीबाट अर्थमन्त्रीलाई धोका
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिए पनि छड उत्पादकहरुले मूल्य बढाएका छन् । भन्सार छुट लिएर पनि छडको मूल्य बढाएका स्पञ्ज आइरन आयातकर्ता उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई नै अप्ठेरोमा पारिदिएका छन् । उद्योगीहरूले आफूखुसी ढंगले डण्डीको मूल्य प्रतिकिलो ६ रुपैयाँसम्म बढाएका हुुन् । 

६. बम काण्डका योजनाकार मानिएका संजय टकलालाई उच्च अदालतबाट राहत
जनकपुर बम काण्ड मुद्दामा मुख्य योजनाकार भनिएका संजय साह (टकला)को जन्मकैदको फैसला उच्च अदालतले उल्ट्याएको छ । धनुषा जिल्ला अदालतले सञ्जय साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालत जनकपुरले ७ वर्षको मात्र सजाय हुने फैसला गरेको हो ।

७. ओलीसँगको सहमति कार्यान्वयन नभएपछि विप्लव नेतृत्वको नेकपाले गरायो देउवाको ध्यानाकर्षण
तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लवले असन्तुष्टि जनाएका हुन् ।

८. सीमा नाका : कतै चहलपहल, कतै सुनसान
हिन्दु धर्मावलम्बीहरूको मुख्य चाडपर्व भित्रिन थालेसँगै सरकारले भारतसँगका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको छ । कोभिड महामारीका कारण झण्डै डेढ वर्षदेखि बन्द रहेका नाका खुलेसँगै कतै चहलपहल देखिएको छ भने कतै भारतीय पक्षले नै नाका खोल्न आनाकानी गरेपछि अझै सुनसान नै देखिएको छ ।

९. स्वास्थ्य उपचारपछि माधवकुमार नेपाल डिस्चार्ज
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।

१०. पछिल्लो २४ घण्टामा एक हजार ३० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट एक हजार ३० जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ । सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । 

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप