मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेवा बन्द हुँदा फेसबुकलाई हरेक मिनेट यति क्षती, चकित पर्नुहुनेछ

मङ्गलबार, १९ असोज २०७८, १३ : २२
मङ्गलबार, १९ असोज २०७८

 

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा सोमबार राती बन्दै रह्यो । यसका सेवा लगभग ६ घण्टासम्म अवरुद्ध भएको थियो । कम्पनीले यो समस्याका लागि प्रयोगकर्तासँग माफी मागेको छ । सेवा अवरुद्ध भएका कारण कम्पनीलाई असाध्यै ठूलो घाटा भएको छ । कम्पनीबाहके फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको सम्पत्तिमा पनि कमी भएको छ ।

फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो । स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५,४५,००० डलर प्रति घण्टा विज्ञापन राजस्वको हानी भयो । फर्चुन र स्नुप्सका अनुसार यो अवरोधका कारण कम्पनीलाई करोडौं डलरको हानी भएको छ । रिपोर्टका अनुसार फेसबुकले लगभग ३१९ मिलियन डलर दैनिक कमाउँछ ।

अर्थात् हरेक घण्टा यसले लगभग १३.३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ । यसको कमाई हरेक मिनेट लगभग २,२०,००० डलर र हरेक सेकेन्ड ३,७०० डलर हो । अर्थात् फेसबुकले हरेक मिनेट २,२०,००० डलर (२ करोड ६१ लाख रुपैयाँ) को क्षती व्यवहोर्नुपर्यो । रिपोर्टका अनुसार लगभग ६ घण्टासम्म अवरोध आयो ।

 


 

अर्थात् कम्पनीले यतिबेला अर्बौंको क्षती सहनुपर्यो । रिपोर्टमा यो सबै हिसाबकिताब फेसबुकको कमाईको आधारमा गरिएको हो ।

यतिमात्रै होइन, फेसुकका सबै सेवा अवरुद्ध हुँदा मार्क जुकरबर्गले पनि एकदिनमा लगभग ६ बिलियन डलर गुमाएका छन् । यसैकारण फेसबुकको सेयरमा पनि भारी गिरावट देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप