बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल, आज मन्त्रिमण्डल विस्तार नहुने

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘चार जना शीर्ष नेताहरु ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल गर्नुभयो छलफलमा मन्त्रिमण्डल विस्तारकै बारेमा कुराकानी भएको बुझिएको छ’, सचिवालयका एक सदस्यले भने, ‘आज मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।’
सत्ता गठबन्धनमा रहेका दलहरुले पहिला मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । तर प्रधानमन्त्री देउवाले भने मन्त्री हुनेको नाम दिन दलहरूसँग आग्रह गरिरहेका छन् । गठबन्धनमा पहिला भएको सहमति अनुसार ६, ६ वटा मन्त्रालय भागबण्डा गर्ने भनेपनि पछिल्लो समय सांसद संख्याको आधारमा मन्त्रालय र मन्त्री भाग लगाउने काँग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहमतिबाट पछि हट्न नहुने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !