बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मङ्गलबार, १९ असोज २०७८, १४ : ४८
मङ्गलबार, १९ असोज २०७८

पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन्  । गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्काघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो । उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिएसंगै मेयर जिसीको अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । 

मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग सुन्निए पछि सो हड्डी बाहिर निकालेर उपचार गरिएको थियो । लामो उपचार पछि भित्री घाउ ठिक भएकाले सो हड्डी प्रत्यारोपण गरेर उनको पुनःअप्रेशन गरिएपछि जिसीलाई अस्पताले डिस्चार्ज गरेको संयोजक बरालले बताए । मेयर जिसी फिजियोथेरापी बाहेकका सबै उपचार प्रक्रिया पूरा भएकाले पोखरा आउने तयारीमा छन् । संयोजक बरालका अनुसार बिहिबार जिसी पोखरा आउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप