शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भीभो वाई २१ आजदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

मङ्गलबार, १९ असोज २०७८, १६ : ३१
मङ्गलबार, १९ असोज २०७८

काठमाडौं । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन ‘भीभोे वाई २१’ आजदेखि नेपाली बजारमा भित्रिएको छ ।

यो स्मार्टफोन सुपर स्लिम वडीका साथै ५००० एमएएच ब्याट्री र १८ वाट फाष्ट चार्जर सहित बजारमा आएको हो । पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरूका लागि यो अति उपयोगी मानिएको छ । यसको विशेषता प्रयाप्त मेमोरी र आकर्षक डिजाइन भएको कम्पनीले जनाएको छ ।

भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मानमार्सले भीभो वाई सिरिज सबै क्षेत्रका ग्राहकहरुमा पूर्ण परिचित हुनुका साथै अत्यन्त मन पराइने स्मार्ट फोनमा पर्दछ । यो फोन ग्राहकहरुलाई उपयोगी र मनपर्ने डिजाइनमा उत्पादन गरेको पनि कम्पनीले जनाएको छ । आकर्षक डिजाइनसहित बजारमा आएको यो फोनको डिजाइनहरूमा ८.० एमएम स्लिम वडीमा आएको छ । वाई २० को पूर्ण सफलता पछि वाई २१ नेपाली बजारमा आएको कम्पनीले जनाएको छ । 

वाई २१, ८.०० एमएम सुपर स्लिम वडीका साथै साइडमा फिङ्गर प्रिन्ट स्क्यानर जडान छ । जसले लक–अनलक गर्न र छिटो पहुँचका लागि मद्दत गर्नेछ । ०.४ एमएम पातलो र यसको प्रोसेसर भन्दा १० ग्राम हल्का भएकाले प्रयोग गर्न सजिलो भएको कम्पनीले जनाएको छ । यो प्रोफेसनल आकार र स्टाइलिस हुनुका साथै हेर्नका लागि सजिले ६.५१ इन्च डिस्प्ले छ ।

वाई २१ का विशेषतामा ५००० एमएएच ब्याट्री, १८ वाटको फार्स्ट चार्जर टाइप सी, डिभाइस सोकेश ४ जीवी प्लस,  १ जीवीसहित दोस्रो जेनेरेसनको र्याम छ । यसबाट कुनै झन्झट विना एकैपटक एकभन्दा बढी एप संचालन गर्न सकिने यसको क्षमता रहेको छ । वाई २१ ले ६४ जीबीको साथ अत्यधिक १ टीबी बढाउन सकिने मेमोरी क्षमतामा निर्माण भएको कम्पनीले जनाएको छ ।

भिभो वाई २१ मा १३ एमपी क्यामेरा जडान गरिएको छ । जसले बहुपक्षीय र कम प्रकाशबाट फोटो लिन सकिन्छ । यसको नेपाली मूल्य २२ हजार ९९९ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप