सामसङ ‘ग्यालेक्सी एम५२ फाइभजी’ नेपाली बजारमा, मूल्य कति ?
मङ्गलबार, १९ असोज २०७८, १७ : ०४
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।
ग्यालेक्सी एम५२ फाइभजी सामसुङको ७.४ एमएमको पातलो डिजाइनमा बजारमा आएको हो । यस फोनमा स्न्याप ड्रागन ७७८जी प्रोसेसर, सुपर एएमओएलईडी प्लस १२० हर्ज डिस्प्ले, ५००० मेगाहर्ज ब्याट्री तथा फाइभजी सपोर्ट गर्ने सुविधाहरु छन् ।
ग्यालेक्सी एम५२ फाइभजी एम सिरिज अन्तर्गतको पातलो स्मार्टफोन हो । यो ७.४ एमएमको रहेको छ । यस अघिका फोनहरुमा भन्दा यो फोन २१ प्रतिशत पातलो रहेको छ । नयाँ ग्यालेक्सी एम५२ मा पावर प्यक्ड शक्तिशाली स्न्यापड्रागन ७७८जी प्रोसेसरको साथ ६ एनएम चिपसेट रहेको छ ।
यसैगरी, ६जीबी प्लस १२८जीबी भेरियन्टको मूल्य ४८ हजार ९९९ तथा ८जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५० हजार ९९९ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ