शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी सेन्टरले सार्वजनिक गर्यो चाडपर्व योजना

मङ्गलबार, १९ असोज २०७८, १९ : ०३
मङ्गलबार, १९ असोज २०७८

काठमाडौंको मुटुमा रहेको कमलपोखरी स्थित सिटी सेन्टरले नेपालीहरुको महान चाडपर्व दसैँ–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।

किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको जनाएको छ । असोज १६ गते देखि शुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ । 

शपिङ्ग मलमा आउने ग्राहकलाई दैनिक लक्की ड्र, शपिङ्ग भौचरका साथै साप्ताहिक लक्की ड्र तथा ग्रान्ड लक्की ड्रमा समावेश गराइने सेन्टरले जनाएको छ । 

लक्की ड्रको कुपन मार्फत विजेता बनेका ग्राहकलाई चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने सेन्टरले जनाएको छ ।

यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले यस अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरु समेत प्रदान गर्ने भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप