नेप्सेमा दोस्रो दिन ६८ अंक माथिको सुधार, कारोबार रकम साढे चार अर्बमा उक्लियो
बुधबार, २० असोज २०७८, १७ : २२
गत मंगलबार ४१ अंक माथिले बढेको सेयर बजार परिसूचक नेप्से आज बुधबार पनि अधिकतम ६८ अंक माथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० विन्दुमा पुगेको हो ।
गत मंगलबार नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६ सय १२.६५ बिन्दुमा रोकिएको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.७२ अंकले बढेर ५०४.७३ बिन्दुमा उक्लिएको छ ।
यस दिन सबै जसो समूह धनात्मक (पोजेटिभ) भएर बजार नै हरियाली छाउँदा कारोबार रकम भने साढे चार अर्बको भएको छ ।
नेप्सेका अनुसार आज कुल २२७ कम्पनीको ८ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा ५५ हजार ३८५ पटक किनबेच हुँदा कुल चार अर्ब ५० करोडको कारोबार भएको हो । गत मंगलबार ४१ अंकले बढेको बजारमा जम्मा दुई अर्ब ९९ करोडको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?