यसकारण मेक्सिकनहरुले धेरै रुचाउँछन् मौसम सम्बन्धी समाचार
यानेट ग्रासिया मेक्सिकोको टेलिभिजनमा मौसम सम्बन्धी समाचार प्रस्तुत गर्छिन् । ३० वर्षीया यी युवतीलाई प्लेब्वाई म्यागेजिनले ‘कामुक मौसम प्रस्तोता’ को उपमा दिएको थियो । यानेटले मानिसहरुलाई मौसम सम्बन्धी समाचार सुन्नका लागि प्रेरित गर्ने गरेको पनि उक्त म्यागेजिनले जनाएको थियो ।
उनले मौसम समाचार पढ्न थालेयता टेलिभिसा मोन्टेर्रे नामक टेलिभिजनमा यस समाचार हेर्नेहरूको संख्या अति नै बढेको छ । त्यहीकारण यी युवती सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेकी छिन् । आफ्नो सुन्दर लुक्सका कारण उनी चर्चामा तानिएकी हुन् ।
प्रस्तोताको काम थाल्नुअघि उनी मोडलिङमा सक्रिय थिइन् । उनी फिटनेश प्रशिक्षक पनि हुन् र ‘यानेट ग्रासिया हेल्थ कोच’ नामक आफ्नै फिटनेश पेज पनि सुरु चलाइरहेकी छिन् । इन्स्टाग्राममा यानेटका १ करोड ३० लाख फलोअर्स छन् ।
यानेट अभिनेत्री समेत हुन् । सार्कनाडो र बेल्लीजोनिज्मजस्तो फिल्ममा अभिनय गरिसकेकी यी अभिनेत्री लुई होवेससँगको प्रेम सम्बन्धमा छिन् । पूर्व फुटबलर होवेस अहिले साहित्यकारका रुपमा प्रख्यात छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै