बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिन झन्डै ४० हजार कोरोना संक्रमित थपिए

बुधबार, २० असोज २०७८, २२ : ०४
बुधबार, २० असोज २०७८

बेलायतमा एकैदिन झन्डै ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ८० लाख नाघेको छ ।

बेलायतमा महामारी शुरु भएयता कुल संक्रमितको संख्या ८० लाख ६६० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण संख्या लगातार ३० हजार नाघ्ने गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा यहाँ थप १४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख ३७ हजार २९५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६४२ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ८३६ रहेको छ । यस्तै ८०० संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४० लाख ८५ हजार ८३० डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९० लाख ३५ हजार ८७७ जनाले खोपको पहिलो डोज र ४ करोड ५० लाख ४९ हजार ९५३ जनाले खोपको दुवै डोज लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप