शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)

बिहीबार, २१ असोज २०७८, १० : ०५
बिहीबार, २१ असोज २०७८

भनिन्छ, काठमाडौँ सहर क्रंक्रिटको जंगल हो । सहरको केन्द्र भागमा बसोबास गर्ने घरबेटी र डेरावालहरूका लागि जमरा राख्ने माटो पाउन मुस्किल छ । तर, पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै जान थालेको छ ।

जमरा राख्न लागि खोलामा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो । घटस्थापनाको बिहानै बागमती किनारमा बाल्टी लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । उनीहरूले घटस्थापनाका दिन बालुवा लिनका लागि आएको बताए ।

बालुवामा जमरा राख्दा राम्रोसँग उम्रने उनीहरूले सुनाए । बागमती नदीको जल पवित्र मानिने हुनाले यहाँको बालुवामा जमरा राख्दा शुभ हुने  उनीहरूको प्रतिक्रिया छ । बिहीबारदेखि औपचारिकरुपमा दसैँ सुरु भएको छ । घटस्थापनाका दिन धान, मकै, जौ, गहुँ आदिको जमरा राख्ने गरिन्छ । र, टीकाको दिन अक्षता र जमरा लगाएर दसैँ मनाउने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप