आर्यनसमेत ८ लाई जेल वा जमानत ? आज निर्णय हुँदै, एक विदेशी पनि पक्राउ
क्रुज ड्रग्स पार्टी केसमा बिहिबारको दिन निकै महत्वपूर्ण छ । बिहिबार अभिनेता शाहरुख खानका छोरा आर्यन खानको नारकोटिक्स कन्ट्रोल ब्यूरोको कस्टडी समाप्त भइरहेको छ । आर्यनबाहेक आइतबार पक्राउ परेका ७ अन्य आरोपीको कस्टडी पनि आज नै समाप्त भइरहेको छ । एनसीबीले अब उनीहरुको कस्टडी माग्छ, माग्दैन त्यो केही समयमा नै थाहा हुन्छ ।
यसैबीच बुधबार अबेर राती नारकोटिक्स कन्ट्रोल ब्यूरोले एउटा ठूलो कारवाही गर्दै एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । उनीमाथि क्रुजबाट पक्राउ परेका व्यक्तिलाई लागुऔषध आपूर्ति गरेको आरोप छ । आज आर्यनका वकिलले उनको जमानतका लागि अदालतसमक्ष निवेदन पनि दायर गर्न सक्ने बताइएको छ ।
यो मुद्दामा एनसीबीले हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ८ जना ७ अक्टोबरसम्म र अन्य ८ आरोपी ११ अक्टोबरसम्म एनसीबीको कस्टडीमा छन् । आर्यनबाहेक उनका साथी अरबाज मर्चेन्ट, विक्रान्त छोकर, गोमित चोपडा, इश्मीत सिंह चड्डा, मोहक जायसवाल, मुनमुन धामीचा र नूपुर सतिजाको कस्टडी पनि समाप्त नै समाप्त भइरहेको छ । यो मुद्दामा अधिकारीले कथित रुपमा कोकिन, मेफेड्रोन, चरेस, हाइड्रोपोनिक र एमडीएमएजस्ता थुप्रै ड्रग्स र १.३३ लाख भारु जफत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की