शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहीबार, २१ असोज २०७८, ११ : २७
बिहीबार, २१ असोज २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ६७ पैसा र बिक्री दर १२० रुपैयाँ २७ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ०८ पैसा र बिक्री दर १३८ रुपैयाँ ७७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिद दर १६२ रुपैयाँ ४० पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२८ रुपैयाँ ७८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६९ पैसा र बिक्री दर ८७ रुपैयाँ १२ पैसा रहेको छ भने आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ६९ पैसा र बिक्री दर ९५ रुपैयाँ १७ पैसा रहेको छ । 

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्री दर १० रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६६ पैसा रहेको छ । 
यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ​ ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप