बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार ठहरपछि फार्मेसी अधिकृत अधिकारी बर्खास्त

बिहीबार, २१ असोज २०७८, १४ : ०३
बिहीबार, २१ असोज २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारीलाई बर्खास्त गरेको छ । भ्रष्टाचार गरेको पुष्टि भएपछि उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी बर्खास्त गरिएको हो । 

फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप