बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको अल्ट्रोज बीएस ६ एक्सएम प्लस नेपालमा

बिहीबार, २१ असोज २०७८, १६ : २४
बिहीबार, २१ असोज २०७८

काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस ६ को एक्सएम प्लस भेरियन्ट जेपालमा लन्च गर्ने घोषणा गरेको छ । 

नेपाली मूल्य ३५ लाख ९६ हजार पर्ने एक्सएम प्लस भेरियन्टमा उपलब्ध छ । यस कारमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी र १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्टले ड्राइभिङको बेला ढुक्क र एडभान्स सुविधा रहेको छ ।

स्टेरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस कमान्ड रिकग्निसन, स्टाइलाइज्ड ह्वील कभर र आर–१६ ह्वील र रिमोट फोल्डेबल चाबी आदिले ग्राहकलाई ड्राइभिङमा थप सहज सहज बनाउने कम्पनीले जनाएको छ ।

अल्ट्रोजको एक्सएम प्लस भेरियन्ट हाई स्ट्रिट गोल्ड, डाउनटाउन रेड, एभेन्यु ह्वाइट र मिडटाउन ग्रे गरी चार रङमा उपलब्ध हुनेछ । पेट्रोल पावरट्रनमा उपलब्ध यस भेरियन्टमा ग्राहकले साधारणतया प्रिमियम भेरियन्टमा मात्रै उपलब्ध हुने सुविधासमेत अल्ट्रोजको एक्सएम प्लस पाउनेछन् । 

सेप्टेम्बर २०२० मा लन्च गरिएको अल्ट्रोजले नेपालको प्रिमियम ह्याचब्याक बजारमा राम्रोस“ग सबैको ध्यान खिचेको सा“चो हो । त्यसपछि यस गाडीको स्टाइलिस डिजाइन र सुगमतालाई सराहना गरिएको छ । र, सुरक्षाको श्रेणीमा यो सर्वश्रेष्ठ रहेकाले गाडी पारखीहरूद्वारा काफी प्रशंसा गरिएको हो ।

अल्ट्रोजले नेशनल लन्चको बेलामै प्राप्त गरेको पा“चतारे ग्लोबल एनसीएपी एडल्ट रेटिङ यसको सुरक्षाको बलियो प्रमाण बन्न पुगेको कम्पनीको दावी छ । अल्ट्रोज स्पोर्ट्स टाटा मोटर्सको इम्प्याक्ट डिजाइन २.० मा आधारित छ । र, यो अल्फा आर्किटेक्चरमा विकास गरिएको कम्पनीको पहिलो सवारी साधन पनि होे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप