बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्वको अवसरमा स्कुल अफ आईटीका कोर्सहरूमा पनि मिल्नेछ विशेष छुट

बिहीबार, २१ असोज २०७८, १८ : ५२
बिहीबार, २१ असोज २०७८

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको स्कुल अफ इन्फरमेसन टेक्नोलोजिज (स्कुल अफ आईटी) ले दसैँ तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना सवै कोर्सहरूमा भारी छुटको योजना सार्वजनिक गरेको छ । स्कुलले दसैँको उपहार हरेक कोर्समा ५ हजार ५५५ को बहार योजना ल्याएको हो ।  

सीटीईभीटीबाट स्वीकृती प्राप्त यस स्कुल अफ आईटीले विगत ४ वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिनियरिङ, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण तथा बजार लक्षित लामो र छोटो समयका सूचना प्रविधि सम्वन्धी कोर्सहरू​ संचालन गर्दै आएको छ ।

दसैँ तिहार उपहार योजना अन्तर्गत विद्यार्थीले घटस्थापनाका दिनदेखि छट पर्वको दिनसम्ममा स्कुल अफ आईटीको आफुले पढ्न चाहेको कोर्समा आफ्नो सीट बुक गर्नु पर्नेछ । सीट सुरक्षित गरेपछि आफ्नो अनुकूलको समयमा कक्षा लिन पाइने स्कुल अफ आईटीले जनाएको छ ।

‘सूचना प्रविधि सम्वन्धी सीप हासिल गर्न चाहने तथा सूचना प्रविधिका क्षेत्रमा भविष्य खोजि रहेका विद्यार्थीलाई लक्षित गरेर हामीले यो योजना सार्वजनिक गरेका हौं’ स्कुल अफ आइटीका शिक्षा निर्देशक बसन्त चापागाईँले भने ‘यो योजना सूचना प्रविधिमा भविष्य खोजी रहेका युवाहरुको लागि कोशेढुंगा सावित हुनेछ ।’

बजारको माग र आवश्यकता अनुसार कोर्स तथा कार्यक्रम तयार पार्ने भएकाले स्कुलले संचालन गर्दै आएको छोटो तथा लामो समयका कोर्सहरू बढी प्रभावकारी देखिन्छन् । विगत ५ वर्षमा ८ सय भन्दा बढी विद्यार्थीले सूचना प्रविधि सम्वन्धी आफ्नो इच्छा अनुसारको कोर्स अध्ययन गरेको र अधिकांश विद्यार्थी सूचना प्रविधिकै क्षेत्रमा क्रियाशिल रहेको स्कुल अफ आईटीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप