बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् शाहरुखकी पत्नी गौरी

शुक्रबार, २२ असोज २०७८, ०८ : १५
शुक्रबार, २२ असोज २०७८

बलिउडका बादशाह शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् । 

केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको चर्चा चलेको थियो । उनी बर्लिन एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो । 

गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो । उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप