दुर्गालगायत देवीदेवताको आकर्षक मूर्तिको दसैँमा हुन्छ भव्य व्यापार (तस्बिरहरु)
हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ।
दसैँको बेला देवी दुर्गालगायतका देवीदेवताको मूर्ति समेत दसैँघरमा राखेर पूजा अर्चना गर्ने प्रचलन छ । त्यसैले यतिबेला माटोबाट निर्मित देवीदेवताको आकर्षक मूर्तिको भव्य व्यापार हुनेगर्छ ।
ललितपुरको कुपण्डोलमा कालीगढ बिकाउ पण्डितलाई केही दिनयता मूर्ति बनाउन भ्याइनभ्याइ छ । दसैँ लागेपछि मूर्तिको व्यापार राम्रो रहेको उनले रातोपाटीलाई बताए ।
दुर्गाको मूर्तिको अर्डर धेरै आएको भन्दै उनले यस्तो मूर्तिको व्यापार मौसमी भएकाले यो छेकोमा कामको चाप पनि धेरै हुने र आम्दानी पनि राम्रो हुने गरेको उनको भनाइ छ । विशेषगरी घटनास्थापनाको दिन मूर्तिको व्यापार धेरै हुने गर्छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण