ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ
ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा पोस्ट गरिँदैछन् ।
फिल्म अभिनेता ऋतिक रोशनले आर्यन खानको हौसला बढाउनका लागि इन्स्टाग्राममा एउटा पोस्ट गर्दा त्यसको केही बेरपछि नै कंगना रनौतले पनि यसमाथि प्रश्न उठाउँदै एउटा पोस्ट गरिन् ।कंगनाले इन्स्टाग्राममा स्टोरी राख्दै लेखिन्, ‘अब सबै माफिया पप्पू आर्यन खानलाई बचाउन आइरहेका छन् ।’
उनले थप लेखेकी छिन्, ‘हामी गल्ती गर्छौं तर हामीले त्यसको महिमामण्डन गर्नु हुँदैन । मलाई लाग्छ कि यसले आर्यनलाई दृष्टिकोण दिनेछ र उनले आफूले गरेको कामको परिणामबारे सोच्न सक्नेछन् । आशा गर्छु कि उनले योबाट शिक्षा लिनेछन् र एक उत्कृष्ट व्यक्ति बन्नेछन् ।’
कंगना थप्छिन्, ‘जब कोही कमजोर स्थितिमा हुन्छन् तब उनीहरुबारे चर्चा नगर्नु नै राम्रो हो तर जब तपाईं उनीहरुलाई केही गलत नै गर्नुभएको छैन भन्नुहुन्छ भने यो आपराधिक हो ।’
सोसल मिडियामा आर्यन खानको रिहाइका लागि पनि ट्रेन्ड चलाइँदै छ । धेरै मानिस यस्ता पनि छन् जसले आर्यन खान ठूला स्टारको छोरा भएको भन्दैमा यसको अर्थ उनी कानूभन्दा माथि नभएको तर्क दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप