अस्मितालाई अभिनयले किन भने ‘हुन्न नभन’ ?
शुक्रबार, २२ असोज २०७८, १४ : १८
गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको युगल स्वर रहेको गीत ‘हुन्न नभन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक निरौलाकै शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायको संगीत छ । सुवास जोशीले संगीत संयोजन रहेको गीत रोमान्टिक भर्सनमा तयार छ ।
भिडियोमा पनि गायक निरौलाले मोडल रञ्जना तिमल्सिनासँग रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा प्रस्तुत गरिएको छ । अस्ट्रेलियामा छायाँंकन गरिएको भिडियोमा ए धिल्लोनको छायाँकन, बि लिङ्देनको सम्पादन तथा निर्देशन छ ।