बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा पराजुली सम्मानित

शुक्रबार, २२ असोज २०७८, १४ : ४२
शुक्रबार, २२ असोज २०७८

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन ए ओल्स्जेवस्की जेआर’बाट सम्मानित भएका हुन् । अक्टोबर ६ मा बाल्टिमोरस्थित बम्बई नाइट इन्डिएन किचनमा नेपाली समुदाय र कन्ट्रि एकजुकेटिभ ओल्स्जेवस्की जेआरबीच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।  सोही कार्यक्रमबीच ओल्स्जेवस्कीले पराजुलीलाई नेपाली समूदायलाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेका थिए ।  पराजुली वाल्टिमोरस्थित एक चर्चित एवम् स्थापित व्यवसायी हुन् । सो अन्तरक्रिया कार्यक्रममा वाल्टिमोर क्षेत्रका नेपालीहरुको उपस्थिति थियो ।  

सो कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टर अध्यक्ष समेत रहेका पराजुलीले ओल्स्जेवस्कीलाई नेपाल भ्रमण निम्तो दिए भने ओल्स्जेवस्कीले पनि आफुलाई नेपाल मन पर्ने भन्दै चाँडै भ्रमण गर्ने बताए । 

ओल्स्जेवस्कीले आफू सधैँ नेपाली समुदायसँग सहकार्य  गरी अगाडी बढ्न तयार रहेको पनि  बताए । वाल्टिमोर धेरै नेपालीहरु बसोबास गर्ने ठाउँ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप