ad

गायक विमल गौतमको ‘बुद्धिचाल’ सार्वजनिक

person explore access_timeअसोज २३, २०७८ chat_bubble_outline0

गायक विमल गौतमले ‘ बुद्धिचाल ’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको  शब्द गायक स्वयम्  र विदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् । गीतमार्फत बुद्धिचाल खेलको प्रचारप्रसारमा सहयोग मिलोस् भन्ने  उदेश्यले ६ वर्ष अगाडि यस गीतको शब्द लेखिएको र परिमार्जन गर्दै सार्वजनिक गरिएको गायक विमल गौतमले बताए ।  


गीतमा विशेष गरी बुद्धिचाल खेलको  परिचय र यसको विशेषताबारे वर्णन गरिएको छ ।
 
गायक  गौतमको आफ्नै   युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा बिक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ भने गीतलाई भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यसअघि गौतमले  ‘रुपको झट्का’, ‘घरबेटी बा’ र ‘मायाको दुरी’ लगायतका एक दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।



 






 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।