बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

शनिबार, २३ असोज २०७८, १० : ०४
शनिबार, २३ असोज २०७८

सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् । 

मृत्यु
सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ ।

गर्भवती हुनु 
यदि तपाईंले सपनामा आफू गर्भवती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुनसक्छ ।

जबरजस्ती कसैसँग सुत्नु
सपनामा कसैसँग जबरजस्ती सुत्नुको अर्थ जिन्दगी वा सम्बन्धमा कुनै चिज गुमाउँदै छु भन्ने बुझ्नुपर्छ ।

भीडमा नाङ्गो हुनु
यदि सपनामा भीडमा नाङ्गो भएको देखियो भने देखावटी प्रवृत्तिलाई त्याग्ने समय आएको भन्ने बुझ्नुपर्छ ।
परीक्षाको लागि तयारी नहुनु
सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ ।

उचाईबाट लड्न
सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ । 

कसैले पिछा गरेको 
वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने सपनामा उक्त परिस्थितीसँग जुझिरहेको हुनुहुन्छ । कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप