जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो ...
बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका छन् । भने, भारतीय सञ्चार माध्यमले आर्यनसँग जोडिएका प्रसंगहरुलाई समाचार बनाएका छन् ।
यसैबीच, आर्यन र उनका भाइ अबरामको विषयमा एक प्रसंग जोड्दैछौँ । आर्यन र अबरामबीच १५ वर्षको उमेर अन्तर रहेको छ । आर्यनको जन्म सन् १९९७ मा भएको थियो भने सुहानाको जन्म २००० मा भएको थियो । त्यसपछि १३ वर्षपछि मात्रै शाहरुखले अर्को सन्तान बनाएका थिए । १५ वर्षको अन्तरका कारण आर्यनलाई अबरामका पिता भनेर चर्चा गरियो । सन् १०१७ मा टेडएक्स टकमा शाहरुखले भनेका थिए, ‘चार वर्ष पहिले मेरी पत्नी गौरी र मैले तेस्रो बच्चा बनाउने निर्णय लिएका थियौँ । त्यो समय मानिसहरु मेरो सानो छोरा आर्यनको बच्चा भएको दाबी गरिरहेका थिए । जबकी त्यतिबेला आर्यन जम्मा १५ वर्षको थियो । आर्यनको युरोपमा भएको फेक भिडियो देखाएर अबराम आर्यनको छोरा भएको दाबी गरिरहेका थिए ।’
शाहरुखले उक्त अफवाहका कारण आर्यन निकै चिन्तित भएको बताएका थिए । आर्यन उक्त समाचारले निकै बिचलित भएका थिए । उनी सबैलाई युरोपको ड्राइभिङ लाइसेन्स नभएको स्पष्टिकरण दिँदै हिँड्थे । शाहरुख र गौरीको तेस्रो बच्चा अबराम सरोगेसीमार्फत २०१३ मा जन्मिएका थिए । उनी प्रिम्याच्युर जन्मिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी