शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजेन्द्र हमाल काँग्रेसको कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड

शनिबार, २३ असोज २०७८, १३ : १९
शनिबार, २३ असोज २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउँदै आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक नरहेको बताए ।

उनले सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था भएको स्पष्ट पारे । ‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ उनले भने, ‘यो नयाँ कुरा होइन ।’

अध्यक्ष दाहालले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको समेत बताए । उनले सरकार अहिले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउन र थाती रहेका विधेयकलाई अगाडि बढाउने कुरालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । 

अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय सहमति र परिमार्जनबिना यो पास हुन सक्दैन ।’ संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै दाहालले भने, ‘पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।’

सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको बताउँदै जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको उनले बताए ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप