शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निधिले भने– प्रदेश नम्बर २ को राजधानी जनकपुरधाम नै रहन्छ

शनिबार, २३ असोज २०७८, १९ : ४४
शनिबार, २३ असोज २०७८

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नम्बर २ को राजधानीको सवालमा सबै दल सहमत रहेकाले प्रदेश राजधानी जनकपुरधाम रहनुपर्ने बताएका छन् । प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले स्पष्ट पारे ।

शनिबार जनकपुरधाममा सोलुमेट कैफे एण्ड रेष्टुरेन्टको उद्घाटनमा बोल्दै उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताएका हुन् । काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले  भने– यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’

उनले जनसङ्ख्याको आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे । 

अर्को प्रसङ्गमा बोल्दै नेता निधिले आफू काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताउँदै उनले भने– मलाई सहयोग गर्नुस् मेरो आग्रह छ । मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाइसकेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप