शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डपथ छाडेपछि पार्टीमा टुटफुट आयो : जनार्दन शर्मा

शनिबार, २३ असोज २०७८, २० : ४१
शनिबार, २३ असोज २०७८

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।  प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको उनले बताए । 

उनले अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । शर्माले पार्टीको पक्षमा ३० लाख संगठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि संगठनात्मक फर्मुला समेत तयार पारिएको बताए ।  उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्छ ।’ 

पार्टी स्थायी समितिले ‘देश बनाऔं टोलबाट, पार्टी बनाऔं सेलबाट’ भन्ने नारा पारित गरेको जानकारी दिँदै उनले यसलाई देशभर अभियानको रुपमा लैजानुपर्ने बताए । अर्थमन्त्री समेत रहेका शर्माले अब नेपालमा नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने, बन्द भएका उद्योगहरु चलाउने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप