गोल वर्षा गर्दै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अंक गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।
कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकायो साकाले फोडेनको पासमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सान्चोले पुनः ट्यामी अब्राहमका लागि गोलको अवसर सिर्जना गरे । ७९ औँ मिनेटमा जेम्स वार्ड प्राउसले इंग्ल्याण्डका लागि चौथो गोल गरे भने खेलको अन्त्यतिर ज्याक ग्रिलिसले गोल गर्दै इंग्ल्याण्डलाई फराकिलो जीत दिलाए ।
समूह आई कै अन्य खेलमा पोल्याण्डले सान मारिनोलाई समान ५–० गोलअन्तरले पराजित गरेको छ । अल्बानियाले हंगेरीलाई १–० ले हरायो । ७ खेलपछि इंग्ल्याण्ड १९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । १५ अंक बटुलेको अल्बानियो दोस्रो तथा एक अंकले पछि रहेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
नेपाली प्रधानमन्त्रीका भारत भ्रमण किन आउँछन् विवादमा ?
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम