शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगमन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

आइतबार, २४ असोज २०७८, ०९ : ०४
आइतबार, २४ असोज २०७८

 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।

उनले भने, 'त्यत्तिकै विवादमा किन पर्ने ?   म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।'प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ ।  उनले भने, 'कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप