बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डा. उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक

आइतबार, २४ असोज २०७८, ०९ : ५०
आइतबार, २४ असोज २०७८

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । दशैँको अवसर पारेर सार्वजनिक गरिएको भजनमा सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत छ । भजन भिडियो सहित सार्वजनिक भएको हो । जसको भिडियो खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतको अभिनय छ । भिडियो सनम तामाङले छायाँकन गरेका हुन् । 

‘दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष समयमा यो दुर्गा भजन सार्वजनिक गरिएको हो’, डा. उपाध्यायले भने ।

गीत सङ्गीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका उपाध्यायका २४ एल्बम गरेर सायौ गीत बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप