बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शन

आइतबार, २४ असोज २०७८, १० : ४४
आइतबार, २४ असोज २०७८

दीपेन्द्र के खनाल निर्देशित पछिल्लो फिल्म गते प्रदर्शनमा आउने भएको छ । निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यस अगाडि भदौमै आउने बताइएको फिल्म कोरोनाको कारण बन्द हल समयमा नखुलेपछि प्रदर्शनमा आउन सकेको थिएन । अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३० आफुले उपयुक्त देखेको निर्देशक खनालले बताए । 

फिल्मको फष्टलुक भने थिममा बनाइएको छ । जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब्याग राखिएको देख्न सकिन्छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायाँकन दीपेन्द्र के. खनाल आफैंले गरेका हुन् । आफ्ना अघिल्ला फिल्म झै दर्शकको रुचि ध्यानमा राखेर आफुले फिल्म निर्माण गरेको दीपेन्द्रले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप