शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको मेरिल्याण्डमा मन्दिर निर्माण गर्न भवन खरिद

आइतबार, २४ असोज २०७८, १० : ५७
आइतबार, २४ असोज २०७८

अमेरिकामा नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने इतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी )ले मेरिल्याण्डमा अर्को भौतिक सम्पत्ति जोड्न सफल भएको छ । गत अक्टोबर ८ शुक्रबारका दिन मेरिल्याण्ड राज्यकै जर्मन टाउन (शहर)मा एनईसीसीले ठूलो भवनसहित करिव १७ एकड जमिन खरिद गरेको छ ।

एनईसीसीले उक्त सम्पत्ति ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाइदिएका कारण ८ लाख ५० हजार नगद बुझाइएको छ । गत अक्टोबर ८ कै दिन जग्गा नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले नामसारी गरिदिएको छ ।

वर्तमान सभापति सरोज देवी प्रजापतिका अनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्थाले प्रक्रिया अघि बढाएको थियो । गत अगस्तसम्म विस्तृत अध्ययन र अनुसन्धान गरेर सबै कुराको छिनोफानो गरिएको थियो । यी सबै कुराको शुभ सङ्केत प्राप्त गरेपछि मात्र एनइसीसीले हात हालेको हो ।​ बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तूप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिसकेकोले उक्त मूर्तिसहित नयाँ सम्पत्तिमा ल्याइने छ ।

स्मरण रहोस्, नयाँ घर र जग्गा लिनुभन्दा अगाडि अरू जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पूरा गरेपछि मात्र जग्गा प्राप्त भएको हो । उक्त जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्त्विक विभाग तथा काउन्टीसँग बुझेर मन्दिर बनाउन सकिने विषयमा छलफल गरिएको थियो । र, मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भएपछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो ।

जग्गा आफ्नो नाममा पास (पारित)गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला, निवर्तमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभापति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए ।

धनीपूर्जा आफ्नो हातमा आइ सके पछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना गरी नरिवल फुटाइएको थियो । सानो कार्यक्रमसमेत गरिएको थियो । अब जाडो महिनाको सुरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाइ अभियान सुरु गरी हाल्ने सभापति प्रजापतिले बताइन् । यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रबन्ध निर्देशक अभियन्ता(ई)उमेश निरौला, प्रज्वल रेग्मी लगायतले अहोरात्र काम गरेका छन् ।

बेल्स्भिल स्थित सम्पत्ति अब बिस्तारै बिक्री गरी उतै लगानी गरिने र अन्तत्वगत्वा जर्मन टाउन शहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप