मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

महामारीले मानसिक बिरामीलाई झन् समस्या
आइतबार, २४ असोज २०७८, १७ : ४८
आइतबार, २४ असोज २०७८

नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।

नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको सर्वेक्षणले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू  औषध दुर्व्यसनका कारण विश्वमा ५ मध्ये १ अपाङ्ग जीवन   बाँच्नु पारेको छ ।  नेपाल लगायतका न्यून र मध्य आय भएका राष्ट्रहरूमा अझै  मानसिक समस्या भएका व्यक्ति अपाङ्ग जीवन बिताइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखिने गरेको   पाइएको छ । हाल विश्वमा मानसिक रोग दोस्रो ठुलो रोगको रूपमा देखापरेको छ । विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गर्छ । एच.आई.भी एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्या भन्दा बढी रोगका मृत्यु हुनेको सङ्ख्याभन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी छ ।  

यता नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत्त आर्थिक वर्षमा हरेक दिन औसतमा २० जना आत्महत्या गरेका थिए । गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना दर्ता भएका थियो । जुन तथ्याङ्क विगत वर्षको तुलनामा १३.७ प्रतिशतले वृद्धि भएको छ । 

कोरोना महामारीका कारण मानसिक स्वास्थ्य समस्या भएका बिरामीको अवस्था झन् जटिल बन्दै गएको पाइएको छ ।    लामो समयदेखि घरभित्र सीमित कोरोना सङ्क्रमणका कारण उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असहजता तथा असमानता गर्दा झन् मानसिक समस्या भएका बिरामी बढेको अध्ययनले देखाएको छ ।

१३ अस्पतालबाट मानसिक स्वास्थ्यको उपचार  

देशका १३ वटा सरकारी अस्पतालबाट मानसिक रोगीको बिरामी हुने गर्छ । १३ सरकारी अस्पतालमा १० शय्याका दरले १३० शय्या अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शारीरिक स्वास्थ्यमा देखिएका समस्या जसरी आम जनताले लिन्छन् त्यहीअनुसार मानसिक समस्यालाई नलिन सकेका छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उपचार तथा पुनर्स्थापनाको लागि काम गरिरहेको बताएको छ । काठमाडौँ उपत्यकासहित मुख्य सहरका सडकमा मानसिक स्वास्थ्य  समस्याका कारण बेवारिसे भएका मानिस खुलेआम हिँडिरहेका हुन्छन् । 

महामारीले मानसिक बिरामीलाई झन् समस्या

कोरोना महामारीका कारण मानसिक स्वास्थ्य समस्या भएका बिरामीको अवस्था झन् जटिल बन्दै गएको पाइएको छ ।    लामो समयदेखि घरभित्र सीमित कोरोना सङ्क्रमणका कारण उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असहजता तथा असमानता गर्दा झन् मानसिक समस्या भएका बिरामी बढेको अध्ययनले देखाएको छ ।

मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव र समुदायमा व्याप्त भ्रम, अन्धविश्वासका कारण समयमा नै उपचार पाउनबाट वञ्चित भएको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने रोगहरू तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरेर मानसिक स्वास्थ्य सेवामा  दिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को आधारभूत स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई   मानसिक स्वास्थ्य सेवा पनि समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप