मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीका प्लम्बर घाइते विजय चौधरीलाई ५० हजार उपचार खर्च सहयोग

आइतबार, २४ असोज २०७८, १९ : २१
आइतबार, २४ असोज २०७८

काठमाडौं । सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिजले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ । 

विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भाद्र ११ गते काम गरि रहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए ।

लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप