बालकथा : दसैँ पर्व किन  र कसरी ?

person explore access_timeअसोज २५, २०७८ chat_bubble_outline0

यतिबेला हामीकहाँ दसैँ पर्वको रमाइलो छ भन्ने कुरा भाइबहिनीलाई थाहै छ । आगामी २९ गते शुक्रबार मान्यजनका हातबाट टीका र जमारा लगाई आशीर्वाद लिएपछि सकिन्छ भन्ने पनि थाहै हुनुपर्छ तर यस्तो चलन किन र कहिलेदेखि चल्यो भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसबारे एउटा कथा प्रस्तुत गरिएको छ ।  

परापूर्वकालमा अयोध्या भन्ने स्थानमा दशरथ नामका राजा थिए । उनका जेठा छोराको नाम राम थियो । उनी बाबुको आज्ञाले १४ वर्षका लागि वनमा गएका थिए । उनले पत्नी सीता भाइ लक्ष्मणलाई पनि सँगै लगेका थिए । केही दिनको हिडाइपछि एउटा जङ्गलको पञ्चवटी भन्ने स्थानमा पुगेर बसे । यो कुरा लङ्काका राजा रावणले थाहा पाएछन् र सीतालाई अपहरण गरेछन् । खोज्दै जाँदा रामले सीता समुद्रपारी लङ्का पुगेकी छन् भन्ने थाहा पाएछन् र त्यहाँसम्म पुग्ने प्रयास गरेछन् तर समुद्र तर्न नसकेर माता भगवतीको उपासना गर्न लागेछन् ।

‘बाबु राम ! किन सम्झना ग-यौ ?’ उनको उपासनाबाट सन्तुष्ट भएकी माता भगवतीले प्रकट भएर भनिन्–

‘हेर्दा ठूलै समस्यामा परे जस्ता छौ । भन के प-यो त्यस्तो ?’

‘हो माता ! ठूलै सङ्कटमा छु ।’ लामो सास फेर्दै रामले भने–

‘यतिबेला सीता वियोगले चिन्तित छु । लङ्काका राजा रावणले अपहरण गरेका छन् भन्ने थाहा पाएर पनि उद्धार गर्न सकिरहेको छैन । यसैका निम्ति सम्झना गरेको हुँ, सहयोगको अपेक्षा गरेको छु ।’

‘यो त हुनु नै थियो नि वत्स !’ माता भगवतीले सम्झाउँदै भनिन्–

‘विचरी सीताले पातिब्रत्यधर्म निर्वाह गर्दै तिम्रो साथ दिएकी थिइन् तर तिमीले भने पतिधर्म निर्वाह गर्न सकेनौ । अनावश्यक लोभियौँ र प्रकृति विरुद्ध जाने चेष्टा ग¥यौ । प्रकृतिमा सुनको मृग हुँदैन भन्ने थाहा हुनुपर्ने थियो तर लोभका कारण त्यतातिर ध्यान दिएनौ र मृगको पछि लाग्यौ । त्यसैको फल पाइरहेका छौ । जहाँ पनि अतिरिक्त लोभको परिणाम यस्तै हुन्छ । लोभले लाभ लाभले विलाप भन्ने त उखानै छ ।’

‘त्यो त हो आमा ! तर ...।’ स्पष्टीकरण दिँदै रामले भने–

‘सीताको रक्षार्थ भाइ लक्ष्मणलाई छाडेको थिएँ तर उनी पनि छलमा परे ...।’

‘वश वश वत्स ! स्पष्टीकरणको आवश्यकता छैन ।’ भगवतीले थप प्रष्ट्याउँदै भनिन्–

‘यहाँ लक्ष्मणले पनि गल्ती गरेका छन् । उनले पनि आफ्नो धर्म निर्वाह गर्न सकेनन् । इमानदारी त्यहीँ देखिन्छ, जहाँ कसले के भन्यो भन्नेतर्फ नलागी मैले के भनेँ र के गर्नुपर्छ भन्ने कुरामा ध्यान दिइएको हुन्छ । लक्ष्मणले त्यतिसम्म पनि इमानदारी देखाउन सकेनन् । उनको कर्तव्य सीताको संरक्षण गर्नु थियो । कसले के भन्यो भन्नेतर्फ जानु थिएन तर उनी चुके । कर्तव्य बिर्सेर अरुको भनाइतिर लागे । अहिले उनले पनि त्यसैको फल पाइरहेका छन् ।’

‘हो माताजी !’ लाचारी प्रकट गर्दै रामले भने–

‘हाम्रो गल्तीले गर्दा निर्दोष सीताले पनि दुःख पाउनुप-यो । एउटाको गल्तीको कारण अर्कोले दुःख पाउनु परेको सम्झँदा मनपेटै पोलेर आउँछ । प्रायश्चित त होला नहोला तर आफ्नो कर्तव्य निर्वाह गर्न जीवनकै बाजी लगाउन परे पनि पछि पर्ने छैनौँ ।’

‘कुरा त्यति मात्र पनि होइन वत्स !’ भगवतीले थप सम्झाउँदै भनिन्–

‘यहाँ सीता आफैँ पनि निर्दोष छैनन् । उनले पनि ठूलै गल्ती गरेकी छन् । वास्तविकता बुझ्दैनबुझी पुत्र समान देवरमाथि अपशब्द बोल्नुहुँदैन थियो तर उनले यसमा ध्यानै दिइनन् । फलत ः अहिले उनी पनि त्यसैको फल भोगिरहेकी छन् ।’

‘जे नहुनु थियो भयो माताजी ! विगततिर नजाउँ कि !’

‘भनन त के गरौँ ?’

‘समुद्र कसरी तर्ने मार्गदर्शन पाउँ ।’

‘पुल बाँध्ने नि वत्स ! अरु उपाय के नै बाँकी छ र ?’

‘पुल ?!’

‘हो पुल ।’

‘सम्भव छ र ?’

‘किन र ?’

‘यति ठूलो समुद्रमा पुल हाल्न सकिएला र ?’

‘प्रयास गरे असम्भव के छ र ?’

‘त्यो त हो तर ।’

‘के तर ?’

‘समुद्रको लम्बाइ नै चारकोषभन्दा बढी छ । गहिराइ झन् कति होला ?’

‘हुन्छ र सकिन्छ भने जे पनि गर्न सकिन्छ । हुन्न र सकिन्न भने केही पनि गर्न सकिन्न । यही नै प्राकृतिक नियम हो वत्स ?’

यति भनेर भगवती अन्तरध्यान भइन् । रामले सुग्रीवलाई बोलाएर पुल बाँध्न लगाए । बाँदरहरू पत्थर ल्याएर रामको नाम लिँदै समुद्रमा फाल्थे, पत्थरहरू समुद्रमाथि तैरिएर एकअर्कोमा जोडिन्थे । यस्तो देखेर आश्चर्य मान्दै रामले पनि एउटा पत्थर फाले तर उनले फालेको पत्थर भने तैरिन नसकेर डुब्यो ।

हनुमानजी नजिकै बसेर हेरिरहेका थिए । मन थाम्न सकेनन् र सोधे–

‘किन प्रभु ! आश्चर्यमा पर्नुभयो नि ?’

‘हो हनुमान ! ठीकै अनुमान लगायौ ।’

‘किन भगवान् !’

‘किन भन्ने खोइ ? देखिरहेका छौ । बाँदरहरूले त्यतिका पत्थर फाले एउटै डुबेनन् मैले एउटै फालेँ त्यो पनि डुबेर बिपत्ता भयो ।’

रामको कुरा सुनेर हनुमान्ले मुसुमुसु हाँस्दै भने–

‘हो प्रभु ! हजुरको नाममा यति ठूलो शक्ति छ कि, जसले संसारसागर नै तार्न सक्छ । त्यसैले बाँदरहरूले हजुरको नाम लिएर फालेका ढुङ्गा एउटै डुबेनन् तर हजुर आफैँले फालेका पत्थर चाहिँ डुब्यो । किनकि संसारकै ताहरणहार हजुर आफैँले फालिदिएपछि बिचराले बच्ने आधार नै पाएन ।’

जे होस् बादर सेनाले फालेको पत्थर एउटै पनि डुबेनन् र तोकिएभन्दा पहिले नै पुल तयार भयो । रामले सोही पुलबाट बादर सेना तारेर लङ्काका राजा रावणसँग युद्ध गरे । रावण आफैँ त्रिलोक विजयी थिए तर परनारी अपहरण गरेको पापले चाँडै नै उनको शक्ति क्षीण भयो र केही दिनमै रामको हातबाट मृत्युवरण गरे । रावण मरेपछि राम सीतालाई लिएर अयोध्या फर्के ।

भनिन्छ, त्यसैको सम्झनास्वरूप अहिलेसम्म पनि असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले दसैँ पर्व मनाउँदै आएका छौँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।