मन्त्री नबनाएको विरोधमा उपेन्द्रको पुत्ला दहन (फोटोफिचर)

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।
जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका युवाहरु आज केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् । जसपामा पर्साका सांसद प्रदीप यादव रहेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ । जसपाले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि रहेको छ । प्रदीप यादवको असन्तुष्टि सडकमै देखिएको छ भने प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, इस्तियाक राइ, अमृता अग्रहरीलगायतका नेताहरुले आन्तरिक रुपमा पार्टीभित्र असन्तुष्टि पोखेका छन् । त्यसमध्ये कतिपय नेताले आफ्नो समाजिक सञ्जालमार्फत पनि विरोध जनाइरहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट