शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेजमा अचानक भयो अभिनेताको मृत्यु, दर्शकलाई लाग्यो अभिनयकै हिस्सा

सोमबार, २५ असोज २०७८, १५ : ०२
सोमबार, २५ असोज २०७८

रुसको राजधानी मस्कोको विश्व चर्चित बोल्शोई थिएटरमा एउटा दुर्घटना भयो । उक्त दुर्घटनामा एक अभिनेताको मृत्यु भएको छ । अभिनेताको मृत्यु ‘ओपेरा साडको’ को प्रस्तुतीको क्रममा स्टेजमा नै भयो । रिपोर्टका अनुसार बोल्शोई थिएटरमा प्रदर्शन गरिरहेका ३७ वर्षीय अभिनेता येवगेनी कुलेश स्टेजमा नै भयानक दुर्घटनाको शिकार भए ।

सेटमा सीन परिवर्तन गर्ने बेला कुलेश एउटा निकै ठूलो प्रपको मुनी दबिए । जसका कारण उनको दुर्घटनास्थलमा नै मृत्यु भयो । यद्यपि, स्टेजमा प्रप  खसेपछि र हलचल बढेको देखेर दर्शकलाई यो पनि प्रस्तुती (मञ्चन) कै हिस्सा भएको भन्ने लाग्यो । दर्शकलाई यो कुनै स्टन्टको हिस्सा भएको जस्तो लाग्यो । तर केही समयपछि नै मानिसहरु चिच्याउन सुरु गरे र प्रप मुनी परेका अभिनेता येवगेनी कुलेशको स्टेजमा नै मृत्यु भयो ।

शनिबार भएको यो दुर्घटनाका केही क्लिप्स सोसल मिडियामा सार्वजनिक भएका छन् । जसमा स्टेजमा अचानक हलचल बढिरहेको देख्न सकिन्छ । सेटको सीन फेर्नका लागि एउटा ठूलो प्रपलाई उतारिँदै गरेको देख्न सकिन्छ । कुलेश यहि प्रपमुनि थिचिए । उनका साथी कलाकारले यो देख्ने बित्तिकै उनीहरु चिच्याउन थाले । उक्त दुर्घटनापछि मञ्चको पर्दा झारियो र दर्शकलाई प्रस्तुती रद्द भएको बताइयो ।

अभिनेताको मृत्युको अनुसन्धान गरिरहेको छ प्रहरीः

कुलेशको उपचारका लागि डाक्टर आइपुगुञ्जेल उनको मृत्यु भइसकेको थियो । भाइरल भइरहेको भिडियोमा मानिसहरु चिच्याइरहेको सुन्न सकिन्छ । यो घटना रुसी सङ्गीतकार निकोलाई रिमस्की–कोर्साकोवद्वारा १९ औं शताब्दिको ओपेरा सड्कोको प्रदर्शनमा एउटा सेट परिवर्तनका बेला भएको हो ।

यस्तै मस्कोको अनुसन्धान समितिले आफूहरुले अभिनेताको मृत्युबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप