मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

सोमबार, २५ असोज २०७८, १७ : ५८
सोमबार, २५ असोज २०७८

काठमाडौं । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको छ ।  

डिशहोमका बिक्री प्रबन्धक मनोज शर्माले नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दै छ । 

अब ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ । ग्राहकहरुले मासिक ८९९ मानै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी डुअल ब्यान्ड राउटरको साथमा लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप