शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब करिश्मालाई श्रीमानले उनको साथीसँग हनिमुनको रात बिताउन दबाब दिए ...

मङ्गलबार, २६ असोज २०७८, ०८ : ५२
मङ्गलबार, २६ असोज २०७८

बलिउडमा नब्बेको दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपूरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अनस्त्रिनमा प्रतिष्ठित अनुहारको रुपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्त्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने उनको दमदार जोडीको अझै पनि उत्तिकै याद गर्ने गर्छन् उनका दर्शक ।

तर, जति उनी फिल्मको पर्दामा प्रिय र सफल बन्न सफल भइन् उनको व्यक्तिगत जिन्दगी भने उत्तिकै दुखदायी र पीडादायी भएको खुलाउँदै आएकी छिन् ।  अभिनेत्री करिश्मा कपूरले आफ्नो वैवाहिक जीवनमा घटेका घटनाहरु बाहिर ल्याएकी थिइन् । सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग विवाह गरेपछि बलिउडबाट बिदा भएकी करिश्मा कपूरलाई कहिलेकाँही टेलिभिजन शोभन्दाबाहेक देख्न मुश्किल नै भयो । यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । दुईवटा सन्तान भइसकेपछि उनीहरुबीचको असमझदारीका कारण सम्बन्धविच्छेद भयो । आठ बर्ष लामो वैवाहिक जीवन समाप्त गरे ।

उनले सम्बन्धविच्छेद भएपछि श्रीमानले घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् । श्रीमानले बारम्बार दिने शारीरिक यातना सहन नसकेपछि सम्बन्धविच्छेद गरेको उनले जानकारी दिएकी थिइन् । 

यसैबिच भर्खरै एक कार्यक्रममा सहभागी भएकी करिश्मा कपूरले आफूले श्रीमानबाट भोगेका हिंसाका घटना बाहिर ल्याएकी छिन् । उनले भनिन् , ‘सञ्जय मेरो देवरसँग एक वर्षभरी मैले गरेको खर्चको हिसाबकितावको कुरा गर्थे । त्यतिमात्र होइन, उनले उनको आमालाई पनि मलाई झापड हान्न लगाए । मैले उनकी आमाले दिएको सारी नलगाएपछि उनकी आमाले पनि ममाथि हातपात गरिन् । उनले मसँगा म एक सफल अभिनेत्री भएकोले मात्रै विवाह गरेका थिए । जसका कारण अरु मानिसले पनि उनलाई चिनुन् । उनले मलाई देखाउने ललिपप बनाए । मलाई देखाएर उनी अरुलाई लोभ्याउँन चाहान्थे ।’

उनले विगत सम्झदै थपिन्, ‘त्यतिमात्र होइन, हनिमुनको दिन उनको साथीसँग रात बिताउन दबाब दिएका थिए । तर मैले मानिन । म मेरो शरीर र अनुहारको निलडाम मेकअपले छोपेर हिँड्ने गर्थे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप