बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डिपायको प्रेरणामा नेदरल्याण्डको गोल वर्षा

मङ्गलबार, २६ असोज २०७८, ०९ : १९
मङ्गलबार, २६ असोज २०७८

सन् २०२२ को विश्वकपमा छनोट खेलमा नेदरल्याण्डले गिल्ब्राल्टारमाथि गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा मेम्फिस डिपायको प्रेरणामा नेदरल्याण्ड ६–० को विशाल अन्तरले विजयी भएको हो ।

खेलको नवौँ मिनेटमा नै भर्जिल भान डायकले डिपायको पासमा नेदरल्याण्डलाई अग्रता दिलाए । १९ औँ मिनेटमा डिपायले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाउने अवसर गुमाए । तर, लगत्तै उनले टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरीमा समयमा दोस्रो पेनाल्टीलाई भने उनले जाली चुमाए ।

दोस्रो हाफमा डेन्जेल डम्फ्राइज, अर्नउट डानजुमा र डोनयेल मालेनले गोल गर्दै टोलीलाई सहज जीत दिलाए । नेदरल्याण्डले सन् २००१ पछि घरेलु मैदानमा खेलिएका लगातार तीन खेलमा ४ वा सोभन्दा गोल गर्न सफल भएको छ । समूह जीमा लुइस भान हालको टोली नर्वेभन्दा २ अंकले अघि रहेको छ । सोमबार नै नर्वेले मोन्टेनेग्रोलाई २–० ले हरायो भने टर्कीले लाटभियामाथि २–१ को जीत हासिल गर्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप