शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्य भोटेकोसीको आईपीओमा २३ लाखले दिए आवेदन

मङ्गलबार, २६ असोज २०७८, ११ : ३०
मङ्गलबार, २६ असोज २०७८

मध्य भोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ)मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका हुन् । उक्त आवेदकले कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो ।

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी रहेको बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा झण्डै साढे ३ करोड कित्ता सेयरमा आवेदन परेको हो । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप