बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

मङ्गलबार, २६ असोज २०७८, ११ : ३३
मङ्गलबार, २६ असोज २०७८

नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् । उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ आवश्यकताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने उनको भनाइ छ ।

यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगमलाई सम्पर्क गर्न समेत भनिएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको अभाव लगायतका समस्या देखिए पुस्कर कार्की (९८५११०७६६६) लाई र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा समस्या देखिएमा राजु श्रेष्ठ (९८५११३८४०६) लाई सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप