बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना

मङ्गलबार, २६ असोज २०७८, १५ : ३६
मङ्गलबार, २६ असोज २०७८

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।   भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श्रेष्ठले बताए । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ । 

श्रेष्ठले भने–‘बस सडकबाट झन्डै ३ मिटर तल खसेर दुर्घटना भएको छ, क्षतिको पूर्ण आधिकारिक विवरण आइसकेको छैन । घटना गम्भीर किसिमको छ । घाइतेहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिइरहेका छन् ।’ 

अहिले घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप