मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अपेक्षाले ल्याइन् ‘निष्ठुरी परदेशी’

मङ्गलबार, २६ असोज २०७८, १५ : ४०
मङ्गलबार, २६ असोज २०७८

गायिका अपेक्षा गिरीको नयाँ गीत ‘निष्ठुरी परदेशी’ को भिडियो सहित सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको दसैँको अवसर पारेर सार्वजनिक गीतमा शब्द गायिका गिरीले नै कोरेकी हुन् ।
भिडियोमा चिरञ्जिवी सापकोटा र गरिमा शर्माको अभिनय छ । भारतीय सेनामा गएका श्रीमान्को पर्खाइमा बाटो हेरेर बसेकी श्रीमतीको कथा भिडियो बोल्छ ।

सिर्जन बरालको निर्देशन रहेको भिडियोमा शिवसरण न्यौपानेको छायाँंकन र अमृत चापागाईँको सम्पादन छ । गायिका गिरीले यस अगाडि सुनिल गिरीसँग ‘सोल्टिनी’ र टंक तिमिल्सिना  ‘माया नमार्नु नि है’ जस्ता सफल गीत दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप