बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘आज अमिताभजस्ता अभिनेताका लागि कुनै कहानी छैन, उनले अवकाश लिनुपर्छ’

मङ्गलबार, २६ असोज २०७८, १६ : ०५
मङ्गलबार, २६ असोज २०७८

हालै आफ्नो ७९ औं जन्मदिन मनाएका अभिनेता अमिताभ बच्चनले सन् १९६९ मा अभिनयमा डेब्यू गरेका थिए । करिब ५२ वर्षअघि उनले फिल्म ‘सात हिन्दुस्तानी’ बाट हिन्दी सिनेमाको दुनियाँमा कदम राखेका थिए । यी ५२ वर्षमा अमिताभ बच्चनले थुप्रै फिल्ममा अभिनय गरे । यस्तोमा सलमान खानका पिता तथा चर्चित लेखक सलिम खानलाई भने अमिताभ बच्चनले अब अवकाश लिनुपर्छ जस्तो लाग्छ ।

सलिम खान र अमिताभ बच्चनको जोडीले १० भन्दा पनि बढी फिल्ममा काम गरेका थिए । अमिताभ बच्चनलाई इन्डष्ट्रिमा लञ्च गर्न र उनलाई एंग्री योंग म्यानको इमेज दिने क्रेडिट सलिम खानलाई जान्छ । तर अब सलिम खानलाई लाग्छ कि अमिताभले धेरै कुरा हासिल गरिसकेका छन् तसर्थ उनले अब आफ्नो लागि समय निकाल्नुपर्नेछ र अवकाश लिनुपर्नेछ ।

‘अमिताभले सबै हासिल गरिसकेका छन्, अब अवकाश लिनुपर्छ’

सलिम खानले यो कुरा दैनिक भास्करलाई दिएको अन्तरवार्तामा बताएका हुन् । सलिम खानका अनुसार अमिताभ बच्चनले जीवनमा जे जति पाउनुपर्ने थियो, त्यो पाइसकेका छन् । धेरै कुरा हासिल गरेका छन्, असाध्यै भागदौड पनि गरेका छन् । त्यसैले अब उनले केही वर्ष आफ्नो लागि पनि समय निकाल्नुपर्नेछ । सलिम खानले अमिताभलाई जन्मदिनको शुभकामना दिँदै उनलाई अब अवकाश लिन आग्रह गरेका छन् ।

अवकाश लिनेबारे यस्तो भन्छन् सलिम खानः

उनले भने, ‘अवकाशको व्यवस्था यसकारण हुन्छ कि व्यक्तिले आफ्नो जीवनका केही वर्ष आफ्नो इच्छाअनुसार गुजारुन् । सुरुवाती वर्ष त पढाई र सिक्दासिक्दै बित्छ । त्यसपछि तपाईंमाथि परिवार, श्रीमती बच्चाहरुको जिम्मेवारी आउँछ । मेरो संसारलाई नै हेर । निकै सिमित छ । म बिहान जतिजनासँग मर्निङ वाक जान्छु, ती सबै नन फिल्मी ब्याकग्राउन्डका हुन् ।’

यी फिल्ममा सँगै काम गरेः

सलिम खानले अमिताभसँग जंजीर, शोले, दिवार, मजबुर, डन, त्रिशुल, काला पत्थर र दोस्तानाजस्ता थुप्रै फिल्ममा काम गरे । यी सबै फिल्म हिट रहे ।

आज अमिताभजस्ता अभिनेताका लागि कुनै कहानी छैनः

सलिम खानले थपे, ‘अमिताभ बच्चन एउटा यस्ता हिरो थिए जो एंग्री योंग म्यानको भूमिका निभाउन सक्थे । तर आज अमिताभजस्ता कलाकारका लागि कुनै कहानी छैन । हाम्रा फिल्म प्राविधिक रुपमा स्तरीय भएका छन्, सङ्गीत र एक्सन पनि राम्रा भएका छन् तर हामीसँग राम्रो स्क्रिप्ट छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप